एमालेको मध्यपहाडी यात्रा अध्ययन गर्न उपमहासचिव रिमालको टोली पुग्यो बैतडीको झुलाघाट

काठमाडौं ! नेकपा एमालेले मध्यपहाडमा आफ्नो शक्ति प्रदर्शन र संगठन विस्तारका लागि गर्ने भनेको मध्यपहाडी यात्राको तयारीमा एमाले उपमहासचिव बिष्णु रिमालको टोली बैतडीको झुलाघाट पुगेको छ।

उक्त अभियान निरीक्षणमा नेकपा (एमाले) केन्द्रीय कमिटीका उपमहासचिव बिष्णु रिमालका साथै पोलिटव्युरो सदस्यहरु विनोद श्रेष्ठ, राजेन्द्र सिंह रावल, निरु पाल, केन्द्रीय सदस्य बिष्णु रिजाल, एमाले सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष एवं बैतडीबाट प्रतिनिधि सभाका सांसद दामोदर भण्डारी,एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसी,सचिव रण बहादुर चन्द,एमाले केन्द्रीय आर्थिक तथा वित्त विभाग सदस्य लोक बहादुर भण्डारी सहितको टोली आगामी मंसिर महिनाको पहिलो हप्ता गरिने पुस्पलाल लोकमार्ग अन्तर्गत बैतडीको झुलाघाट देखि पॅाचथरको चेवाकोलासम्मको यात्रा अभियानको पुर्वतयारी स्वरुप स्थलगत निरीक्षण गर्न झुलाघाट पुग्नु भएको हो।