एमालेको मध्यपहाडी यात्रा अध्ययन गर्न उपमहासचिव रिमालको टोली सुदूरपश्चिम प्रस्थान

काठमाडौं ! नेकपा एमालेले मध्यपहाडमा आफ्नो शक्ति प्रदर्शन र संगठन विस्तारका लागि गर्ने भनेको मध्यपहाडी यात्राको तयारीका दुईजना उपमहासचिवको टोलीलाई स्थलगत रुपमा खटाएको छ ।

पूर्वतर्फ उपमहासचिव प्रदिप ज्ञवाली र पश्चिमतर्फ अर्का उपमहासचिप विष्णु रिमालको नेतृत्वमा तीन तीन जनाको टोली खटाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

उपमहासचिव प्रदिप ज्ञावालीको टोली हिजो साँझै विराटनगर पुगेको छ भने अर्का उपमहासचिव बिष्णु रिमालको टोली आज बिहान धनगढीतर्फ लागेको छ। उपमहासचिवसँगै एमाले सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष एवं बैतडीबाट प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी,एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रण बहादुर चन्द लगायतका नेताहरु काठमाडौंबाट धनगढीतर्फ सँगै प्रस्थान गर्नु भएको छ। उहाँहरु धनगढी हुँदै बैतडी र अन्य विभिन्न जिल्लाहरुको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

एमालेले मध्यपहाडमा आफ्नो शक्ति प्रदर्शन मंसिर १० पछि गर्ने जनाइएको छ। उक्त मिति भने अब बस्ने सचिवालय बैठकले तय गर्नेछ।