एमालेको चियापान कार्यक्रम आज हुँदै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा तय गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज हुँदैछ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो ठीक १२ः१५ बजेबाट सुरु हुनेछ। उक्त कार्यक्रममा विभिन्न पार्टीका शिर्ष नेताहरुको पनि उपस्थिति रहनेछ।