एमाले गोदावरी नगर कमिटीको कार्यवाहक अध्यक्षमा सन्तोष सिंह

धनगढी ! नेकपा (एमाले) गोदावरी नगर कमिटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष सन्तोष सिंहले पाएका छन् । नगर कमिटीमा अध्यक्ष गोकर्ण भट्ट प्रदेश कमिटी सदस्यमा निर्वाचित भएपछि अध्यक्षको पद खाली भएको छ। उक्त पद खाली भएपछि आज नगर कमिटीले आयोजना गरेको एक कार्यक्रमबाट उक्त जिम्मेवारी सिंहलाई हस्तान्तरण गरिएको हो।