बांकेबाट जसपाका केन्द्रिय सदस्य लगायत २ हजार बढी एमालेमा प्रवेश : महासचिव पोखरेलले गर्नुभयो स्वागत

काठमाडौं ! नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आज बॉकेको नरैनापुरमा आयोजित सभामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षितको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुहुने २ हजारभन्दा बढी नेता-कार्यकर्ताहरूलाई स्वागत गर्नुभएको छ ।

उक्त कार्यक्रममा महासचिव पोखरेलका साथै केन्द्रीय कमिटी सदस्य बाके जिल्ला इन्चार्ज सूर्य ढकाल, सहइन्चार्जहरू मोहम्मद हारुन, शान्ति ढकाल, दीपा शर्मा, पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष निरक गुरुङ, सचिव रत्न खत्री लगायत हुनुहुन्थ्यो।

नवप्रवेशीका तर्फबाट रामकुमार दीक्षितलगायतले बोल्नुभएको थियो । उहाँहरुले आफुहरु एमालेमा समाहित हुन पाएकोमा गौरवान्वित भएको प्रतिक्रिया दिनुभयो र आगामी निर्वाचनबाट एमालेलाई पुनः बहुमत दिलाउने बताउनु भयो।                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *