बझाङमा गएको भुकम्पको क्षतिप्रति एमाले सुदूरपश्चिम कमिटीले व्यक्त गर्‍यो दु:ख (बिज्ञप्तिसहित)

धनगढी ! आज दिउँसो बझाङको तलकोट र चैनपुर नजिक केन्द्रविन्दु बनाएर २ पटक गएको भुकम्पले गरेको जनधनको क्षतिप्रति नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले दु:ख व्यक्त गरेको छ। आज साँझ प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमार्फत दु:ख व्यक्त गरिएको हो।

आज दिउँसो २ बजेर ४१ मिनेट जाँदा बझाङको तलकोट नजिक केन्द्रविन्दु बनाएर र ३ बजेर २३ मिनेट जाँदा बझाङकै चैनपुर नजिक केन्द्रविन्दु बनाएर भुकम्प गएको थियो। उक्त भुकम्पबाट बझाङमा ७ र अछाममा १ विद्यार्थी घाइते भएको तथा विभिन्न घर र विद्यालयहरु क्षति भएको विवरण उक्त बिज्ञप्तिमा जनाइएको छ। यस्तो छ प्रदेश कमिटीले जारी गरेको प्रेस बिज्ञप्ति;-