एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

काठमाडौं !  नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।

नेकपा एमाले कर्णाली प्रदेशको सोमबार साँझ सम्पन्न मतगणनाअनुसार शाह ३ सय ६९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २ सय ७ मत पाएका छन्।

अर्का प्रतद्वन्द्वी प्रकाश रोकायले ४ मत पाएका छन्।

कर्णाली प्रदेशको आइतबार राति भएको मतदानको नतिजा सोमबार राति आएको हो।