एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल विजयी : यस्तो छ अन्य पदाधिकारीको विवरण

काठमाडौं ! नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन्,त्यसैगरी उपाध्यक्षमा दावादोर्जे लामा, सचिवमा नवराज सिलवाल निर्वाचित भएका छन् । शुक्रवार राती आएको मत परिणामअनुसार ढुङ्गेलले ६९६ मत ल्याएर विजयी भएका हुन भने उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले ४३९ मत ल्याएका हुन् ।

 

उपाध्यक्षमा दावादोर्जे लामाले ६१५ मत ल्याई विजयी भएका हुन् । यस्तै सचिव पदमा नवराज सिलवालले १ मतले विजयी भएका छन् । सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हस्त पण्डित ५६७ मत ल्याएका हुन् । यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भए । शुक्रवार दिउँसोबाट सुरु भएको मतदानमा बेलुकासम्म मतदान भएको थियो । ११७२ जना मतदातामध्ये ११२६ जनाले खसेको थियो भने ४१ जना अनुपस्थित भएको थियो ।