एमालेको कोसी प्रदेशको प्रथम अधिवेशन विराटनगरमा सुरु : अध्यक्ष ओलीद्वारा उद्घाटन

काठमाडौं ! नेकपा एमालेको कोसी प्रदेशको प्रथम अधिवेशन आजबाट बिराटनगरमा सुरु भएको छ।

उक्त प्रथम अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले डिजिटल ब्यानरको रिमोटको स्वीच थिचेर गर्नु भएको छ।

दुईदिने सम्मेलनका लागि प्रदेशका १४ जिल्लाबाट १ हजार ४७ प्रतिनिधीसहित अन्यको सहभागिता रहेको छ। अधिवेशनमा सहभागिता जनाउँन पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिती रहेको छ।

अधिवेशनमा प्रदेशका १३७ स्थानीय तह, २३ वटा विभिन्न जनवर्गीय संगठन, दलित, मुश्लिम, मजदुर लगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेका छन्।

अधिवेशनमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरु लगायत सहभागी छन्।

अधिवेशनको आज खुलासत्र सकिएपछि भोलिबाट बन्दसत्रका कार्यक्रमहरु सुरु हुनेछन्। एमालेले कोसी प्रदेशमा पनि सर्वसम्मत नेतृत्व छान्न पहल गर्नेछ।