एमालेको बागमती प्रदेश कमिटी चयन गर्न मतदान जारी

काठमाडौँ ! नेकपा एमाालेको बागमती प्रदेशको कमिटि चयनका लागि पार्टी कार्यालय च्यासलनमा चुनाव जारी छ।

चार दिनअघि सुरु भएको अधिवेशनको दिउँसो २ बजदेखि नेतृत्व चयनका लागि मतदान चलिरहेको हो।

निर्वाचन समितिका सदस्य शेरबहादुर तामाङका अनुसार कुल २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित हुँदा ८३ पदका लागि विद्युतीय मतदान गराइएको हो।
लेखा आयोग ७ पदमा निर्वाचन भएको छ।

प्रदेश अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल प्रतिस्पर्धामा छन्।