आठौं जिल्ला अधिवेशनका लागि मातहत कमिटीलाई एमाले कैलालीले गर्‍यो विशेष परिपत्र (पत्रसहित)

काठमाडौं ! नेकपा (एमाले) का जिल्ला अधिवेशनहरु देशैभरी आयोजना हुँदैछन।यसै अनुरुप एमाले कैलाली जिल्लाले पनि अधिवेशनका लागि तयारीहरु तीब्र पारेको छ ।
यहि पौष २३ गते धनगढीमा हुन लागेको ८ औं जिल्ला अधिवेशनका लागि मातहतका कमिटी र अन्य जनसङठनहरुलाई विशेष परिपत्र प्रस्तुत गरेको छ ।

जिल्ला उपाध्यक्ष एवं आठौं जिल्ला अधिवेशन प्रतिनिधि व्यवस्थापन उप-समिती संयोजक रण बहादुर चन्दद्रारा हस्ताक्षरित परिपत्रमा मातहतका कमिटीहरुलाई प्रतिनिधि चयन लगायतका सम्बन्धमा परिपत्र गरेको हो । सोही अनुरुप जिल्लाका सबै पालिका मातहतका वाडहरुमा भोलि प्रतिनिधि चयन हुदैछन।

जिल्ला र प्रदेश अधिवेशनका लागि केन्द्रिय नेताहरु प्रदेश र जिल्लामा यसअघि नै उपस्थित भैसक्नुका साथै अधिवेशन सफल बनाउन सकृय हुनुहुन्छ।                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *