एमाले बागमतीको अध्यक्षमा ढुंगेल,दाहाल, श्रेष्ठ र बुढाथोकी गरि ४ जनाको उम्मेदवारी दर्ता

काठमाडौं ! नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल​, कृष्णप्रसाद दाहाल,सानू कुमार श्रेष्ठ,केशरबहादुर बुढाथोकी गरि चार नेताको उम्मेदवारी परेको छ ।

चार जनाको उम्मेदवारी परे पनि ढुंगेल र दाहालबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ ।
केहीबेरमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बिहीवार बिहान ८ बजेबाट निर्वाचन हुनेछ ।