एमालेको २३ औं जनसंगठनको रुपमा जन्मियो रिटर्नी फेडेरेशन : अध्यक्षमा चन्द्र बहादुर रोकाहा चयन

काठमाडौं ! नेकपा (एमाले) को २३ औं जनवर्गीय संगठनको रुपमा रिटर्नी फेडेरेशन नामक संगठनको आजबाट विधिवत स्थापना भएको छ।
प्रवासमा रहि पार्टिको प्रवास कमिटिमा आवद्ध विभिन्न देशहरुबाट फर्किएका पार्टी सदस्यहरुलाई एकीकृत गर्ने हेतुले गठित उक्त जनसंगठनको आज औपचारिक घोषणा भै नयाँ तदर्थ कार्यसमिती पनि बनेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजित उक्त भेलामा पार्टिका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी,पार्टी पोलिटव्युरो सदस्य सुजिता शाक्य,पार्टि केन्द्रिय सदस्य माधव ढुङ्गेल लगायतका नेताहरुको उपस्थिति थियो।

उक्त प्रथम भेलाले चन्द्र बहादुर रोकाहाको अध्यक्षतामा ७२ सदस्यीय(आवस्यकता अनुरुप बढ्ने गरि) तदर्थ समितिको गठन गरेको छ। भेलाले अध्यक्ष सहित एक बरिस्ठ उपाध्यक्ष,सात उपाध्यक्ष,एक महासचिव,दुई उपमहासचिव, तीन सचीव,एक कोषाध्यक्ष,एक सह-कोषाध्यक्ष गरि १७ सदस्यीय पदाधिकारी चयन गरेको छ।

भेलाद्रारा बरिस्ठ उपाध्यक्षमा उत्तम अधिकारी,महासचिवमा लक्ष्मी प्रसाद आचार्य लगायत पदाधिकारी चयन गरेको छ। उक्त कार्यसमितिलाई केन्द्रिय सदस्य माधव ढुङ्गेलले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो।उक्त अवसरमा प्रमुख अतिथी लगायत अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *