एमाले बागमती प्रदेश अधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत आज दोस्रो दिन केही समयपछि बन्द सत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको बन्द सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

बन्द सत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । मंगलबार नै प्रतिवेदनमाथि समूहगत छलफल सकेर पारित गरेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ।

नेताहरू सकभर सहमतिमै नेतृत्व चयन गर्ने प्रयासमा लागे पनि आकांक्षीहरुबीच सहमति नजुट्दा निर्वाचन नै हुने देखिएको छ । अध्यक्षका लागि रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्ण दाहाल, चितवनका कृष्णभक्त पोखरेल, काठमाडौँका सानु श्रेष्ठ र नुवाकोटका केशव पाण्डेले आकांक्षा देखाएका छन् ।