एमाले बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं ! नेकपा एमाले बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गर्ने तयारी रहेको छ । काठमाडौंका भृकुटीमण्डपमा अधिवेशन हुँदैछ । बागमती प्रदेशको नेतृत्वका लागि एमालेका नेताहरूबीच निकै प्रतिस्पर्धा देखिएको छ । प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य नै दाबेदार देखिएका छन् ।

प्रदेश अध्यक्ष एमालेको पोलिटब्युरो सदस्यको हैसियतमा हुने व्यवस्था भएपछि केन्द्रीय सदस्यहरूले आकांक्षा राखेका हुन् । बागमती प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य सानु श्रेष्ठ, कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल र अहिलेका अध्यक्ष केशव पाण्डेले आकांक्षा राखेका छन् । त्यसो त, कृष्णभक्त पोखरेल पनि अध्यक्षको आकांक्षी रहेको बताइन्छ । तर, अहिले अध्यक्ष केपी ओली गुटगत संरचनाको विकास हुने भन्दै चुनाव हुन नदिने पक्षमा देखिएका छन् । तर, आकांक्षी भने चुनावी प्रतिस्पर्धामा जाने पक्षमा रहेका छन् ।