प्रवासबाट फर्किएका एमाले कार्यकर्ताको प्रथम भेला भोलि भक्तपुरमा हुँदै : भेलाको समुद्घाटन पार्टी अध्यक्ष ओलीले गर्नु हुने

काठमाडौं ! नेकपा (एमाले) को २३ औं जनवर्गीय संगठनको रुपमा प्रवासबाट फर्किएका पार्टी सदस्यहरुलाई एकीकृत गर्ने उद्देश्यका साथ रिटर्नी फेडेरेशन नामक जनवर्गीय संगठनको भोलि विधिवत रुपमा स्थापना हुदैछ।

भक्तपुरको गट्ठाघर स्थित जर्मन होम्स एण्ड हस्पिटालिटिमा दिउँसो १२ बजेबाट सुरु हुने कार्यक्रमको प्रमुख अतिथिको रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओली रहनुभएको छ। पार्टी प्रवासमा काम गरेर स्वदेशमा फर्किएपछी भुगोलका कमिटिहरुमा नसमेटिएका सदस्यहरु यस कमिटिमा आवद्ध भै आफ्ना गतिविधिहरु गर्नेछन। यस प्रथम भेलाले संगठनको प्रारुपका साथै तदर्थ समिती गठन गरि आफ्ना भावी गतिविधिहरु अघि बढाउने जनाइएको छ।

भेला भोलि एक दिनका लागि मात्र रहेकाले देशभरीबाट कार्यक्रममा उपस्थित हुन रिटर्नी कार्यकर्ताहरु उपत्यकामा आउने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *