पुर्वमन्त्री बस्नेतले गर्नुभयो सरकारको भन्डाफोर : परमादेशवाला सरकार विरुद्ध सशक्त प्रतिवादको घोषणा

काठमाडौ ! पुर्वमन्त्री एवम नेकपा एमालेका युवा नेता महेश बस्नेतले सरकारले आज दल बिभाजन गर्न ल्याएको अध्यादेशको बिरोध गर्नुभएको छ्।आफ्नो फेसबुक आइडी मार्फत धारणा सार्वजनिक गर्दै उहाले वर्तमान परमादेशवाला सरकारले जुन ढङ्गले पार्टी फुटाउने अध्यादेश ल्याएको छ त्यसको सबै तिरबाट सशक्त बिरोध र प्रतिवाद हुन्छ।उहाले आज साझैबाट बिरोधका कार्यक्रम हुने र अहिले साझ ५ बजे युवा संघद्रारा बानेश्वरमा बिरोधको कार्यक्रम गर्ने जनाउनु भएको छ।यसैगरी नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकलेपनी यसको सशक्त बिरोध गर्ने जनाएको छ र अहिले ३ बजेदेखी एमालेको सङ्सदिय दलको बैठक बानेश्वरमा जारी छ।साङ्सद बस्नेतले फेसबुकमा लेख्नुभएको स्टाटस जस्ताको तस्तै:-
लोकतन्त्रमा दल विभाजन हुनु जटिल बैधानिक प्रक्रिया हो। कुनै दल बिभाजन हुँदा लोकतन्त्र र राजनैतिक स्थिरता मा सपोर्ट पुग्दा राम्रै हो। बिगतमा केपी ओली सरकारले अध्यादेश ल्याउदाँ साना दल भित्रको निरंकुशता अन्याय र थिचोमिचोको बिरुद्ध बिद्रोह गर्न चाहेका तत्कालिन संघीय समाजबादी दलका सांसदहरुलाई एमालेमा ल्याउने मूल धेय थियो। तत्कालिन नेकपाका दोश्रो अध्यक्ष प्रचण्ड,माधब नेपाल अनि बिपक्षी कांग्रेस र सो पार्टीका नेताहरुले रोइलो गरेका कारण सरकारले उक्त अध्यादेश फिर्ता लियो । आज इतिहास फेरी धोहोरीएको छ। तिनै लोकतन्त्रबादी , अग्रगामी ,भनिने मापसे वाला सरकारले एमाले बिभाजन गर्ने र अफ्नो सत्ताको रोटी सेकाउने स्वार्थका साथ सो भन्दा कम 20% थ्रेसहोल्ड वाला अध्यादेश ल्याएको छ। चालु संसदको अधिबेशन हठात अन्त्य गरेर । हिजो संसद विघटन प्रकृयाको बारेमा अनेक कु तर्क गरेर एमाले प्रतिगमनकारी अनि आफु अग्रगामी र क्रान्तिकारी दाबी गर्ने देउवा प्रचण्ड र माकुने मिलेर जे हर्कत गर्दैछन्। जसको कारण एमाले पंक्तिलाई आक्रोसित र आन्दोलित गराएको छ। स्वभाविक हामी यो गलत कदमको सशक्त प्रतिबद गर्दछौ। यो परमादेशवाला मापसे सरकारलाई सडकमा पुर्याउने ।यसै सन्दर्भमा आज साँझ ५ बजे राष्ट्रीय युवा संघ नेपालले बाबेश्वोरमा गर्ने बिरोध कार्यक्रममा सहभागी बनौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *