एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौं ! नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । चार दिनदेखि सर्वसम्मत् नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलबार बिहान पौने ९ बजेदेखि बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा मतदान शुरू भएको हो ।

नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पालपाका हुन् भने, रिजाल प्यूठानमा हुन् । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि निर्वाचन रोचक हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *