एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान हुँदै

काठमाडौं ! बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिए पनि सहमति नजुटेपछि नेतृत्व चयनका लागि मतदान हुन लागेको हो।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले निर्वाचन समितिले आवश्यक तयारी गरेको र ठिक ८ बजेदेखि मतदान सुरु हुने जानकारी दिए। यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले समय सारिएको थियो।

प्रदेश कमिटीका लागि पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन्। पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन हुँदैछ।

अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *