एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्वका लागि आज निर्वाचन हुने,यी हुन् अध्यक्षका प्रत्याशी

काठमाडौं ! नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तगर्तत आज (सोमबार) बिहानबाट निर्वाचन प्रक्रिया पुनः शुरू हुने भएको छ । बिहान १० बजेदेखि उम्मेदवारी दर्तालगायत निर्वाचनका सबै प्रक्रिया शुरू हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए ।

उम्मेदवारी मनोनयन चलिरहेका बेला निर्वाचन कमिटीले आइतबार साँझ साढे ८ बजेदेखि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो । अध्यक्ष, उपाध्यक्षसहित पदाधिकारीमा दुई–दुई जनाको उम्मेदवारी परेपछि अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।

अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी मनोनयन गरेका छन् । कँडेल वर्तमान अध्यक्ष हुने भने रिजाल केन्द्रीय सदस्य हुन् । त्यस्तै उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वास बराल (अनुप)ले उम्मेदवारी दिएका छन् । अधिवेशनले ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समिति चयन गर्नेछ । दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *