एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजबाट सुरु

काठमाडौं ! नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आज शनिबार बुटवलमा सुरु हुँदैछ।

बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको मध्यान्ह १२:३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ।

उद्घाटन सत्रमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेश इन्चार्ज पदमा अर्याल लगायत सहभागी हुँदै हुनुहुन्छ।

सम्मेलन उद्घाटनमा बुटवलका १९ वटै वडा, छिमेकी पालिका तथा जिल्लाबाट करिब दश हजार कार्यकर्ता सहभागी हुने र बुटवलको राजमार्ग चौराहबाट जुलुस तथा झाँकी निस्कने जनाइएको छ।

भदौ १६ र १७ गते हुने सम्मेलनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट एक सय जना बराबर एकजना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *