एमालेको आगामी केन्द्रीय कमिटी बैठक धनगढीमा बस्ने

काठमाडौं  ! नेकपा एमालेले आगामी केन्द्रीय कमिटीको बैठक सुदुरपश्चिमको राजधानी धनगढीमा गर्ने भएको छ । काठमाडौं बाहिर पहिलो पटक पार्टीको सचिवालयको बैठक आयोजना गरेको एमालेले केन्द्रीय कमिटी बैठकपनि उपत्यका बाहिरनै गर्ने
भएको छ।

एमालेका एक पदाधिकारीका अनुसार मिति र समय मिलाएर केन्द्रीय कमिटीको आगामी बैठक कैलालीको धनगढीमा गर्ने टुंगो लागेको बताउनु भएको छ । हिजो सिरहामा बसेको एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक स्थलको टुंगो लगाएको हो । यो सँगै एमाले पार्टीमा ल्याउने भनेको रुपान्तरणको अभियानले सार्थकता पाउन थालेको छ। एमालेले पार्टीका विभिन्न भुगोलमा बैठकहरु र कार्यक्रमहरु आयोजना गरेर पार्टीपङ्त्तिमा नयाँ उर्जा थप्ने लक्ष्य राखेको स्पष्ट हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *