प्रवास कमिटीमा आवद्ध रहि स्वदेश फर्किएका एमाले कार्यकर्तालाई रिटर्नी फेडेरेशन नामक पार्टि जनवर्गीय संगठनमा समेटिंदै

काठमाडौं ! नेकपा (एमाले) ले प्रवासबाट फर्किएर आएका एवं देश भित्र रहेका रिटर्नी कार्यकर्तालाई जनवर्गीय संगठन मार्फत समेट्ने भएको छ। पार्टिको दशौ महाधिवेशनबाट पारित विधानपछि रिटर्नी फेडेरेसन प्रस्तावित नाममा संगठन निर्माणका लागि प्रवास कमिटिबाट लामो समय काम गरेर स्वदेश फर्किएका कार्यकर्ताहरु लागेका छन।

उक्त प्रस्तावना अनुरुप प्रस्तावित संगठनले आफ्नो पहिलो भेला यहि पौष १६ गते भक्तपुरमा राखेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजना हुने उक्त भेलामा प्रवासबाट फर्किएका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहनेछ ।उक्त भेलाबाट साङ्गठनिक संरचना निर्माण भै उक्त रिटर्नी संगठनलाई देशव्यापी बनाइनेछ।प्रवासमा रहदा प्रवासी नेपाली मंचको विभिन्न कमिटिमा आवद्ध भै काम गरेर स्वदेश फर्किएर भुगोलमा रहेका सबै कार्यकर्ताहरुलाई एकीकृत गर्ने उद्देश्यका साथ यो संगठन निर्माण गर्न लागिएको हो।                                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *