एमालेको सचिवालय बैठक आज सिरहामा बस्दै

काठमाडौं ! नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज (बुधवार) सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्दैछ। एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।

बिहान साढे ११ बजे बस्ने बैठककको सबै तयारी पूरा भएको उनले बताए । यसअघि यही भदौ ९ गतेका लागि तय भएको सचिवालय बैठक निरन्तरको वर्षाका कारण प्रतिकूल स्थिति सिर्जना भएकाले आजका लागि  सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *