गृह जिल्लाबाट अध्यक्ष ओलीले माओवादी काङ्ग्रेसका हजारौं नेता कार्यकर्ताहरु एमालेमा भित्र्याउदै

काठमाडौं ! तीन दिने गृह प्रदेशको भ्रमण र अनुगमनमा रहनु भएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न पार्टी परित्याग गरि एमाले रोज्नुहुने नेता कार्यकर्ताहरुलाई एमालेमा भित्र्याउनु हुने भएको छ।

गृह जिल्ला अन्तरगत दमक नगरपालिकामा आज आयोजित उक्त पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु उल्लेख रहने बताइएको छ। माओवादी,काङ्ग्रेस,राप्रपा समर्थित नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्न लागेको सुचना सभ्यखबरलाई प्राप्त भएको छ ।

चार हजार बढी नेता कार्यकर्तालाई पार्टिमा प्रवेश गराएर अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ। देशभरी नै पार्टी प्रवेश कार्यक्रम अन्तरगत अध्यक्ष ओली अन्य पार्टिका नेता कार्यकर्ताहरु भित्र्याउन देश दौडाहामा हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *