सुनकाण्डमा एमालेको अडानले पायो सार्थकता : उच्चस्तरीय छानबिन समिति बन्ने (सहमति पत्रसहित)

काठमाडौँ । सुनकाण्डमा एमालेले लिएको अडानले सार्थकता पाएको छ। संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको आज बसेको बैठकले सुनकाण्डको मुख्य योजनाकार देखि त्यसको संयन्त्र पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ। हाल भैरहेको सरकारी अनुसन्धान प्रभावकारी नदेखिएकाले एमालेले यस्तो गम्भीर बिषयमा उच्चस्तरीय छानबिन समिती बनाउनुपर्ने माग राख्दै आएको थियो।एमाले आफ्नो मागबाट पछि नहट्दा र सरकारले त्यसलाई संबोधन गर्न नमान्दा संसद अवरुद्ध हुँदै आएको थियो। आजको सहमतिबाट अब संसद खुल्नेछ।

संसदको अवरोध खोल्न दलहरुबीच २ बुँदे सहमति भएको छ । सहमति अनुसार सुन तस्करीका विषयमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान आयोगले गरिरहेको अनुसन्धान टुंगोमा पुर्याई दोषीमाथि अभियोजन गर्ने सहमति भएको छ ।

त्यस्तै, मोटर साइकलको ब्रेक शुमा आएको सुन, इसिगरेटमा आएको सुनलगायतबार छानविन गर्न र तस्करी नियन्त्रणका लागि हाल प्रचलनमा रहेको ऐन कानुनबारे छानविन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ अनुसार अजोज ५ गते एक जाँचबुझ आयोग गठन गरी त्यसैदिन देखि कार्य प्रारम्भ गर्ने सहमति दलहरुबीच भएको छ ।

यस्तो छ दलहरुबीच भएको सहमति 

Leave a Reply

Your email address will not be published. Required fields are marked *