नेपाल–भारत खुला सिमाना नियमन हुनुपर्छः महासचिव पोखरेल

बीरगञ्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल–भारत  सम्बन्ध घनिष्ट र मित्रवत् हुनुपर्ने वताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद् मधेश प्रदेशद्वारा २०८० भदौ २ गते  बीरगञ्जमा आयोजित ‘नेपाल–भारत खुला सिमाना, राष्ट्रका लागि अवसर वा चुनौती’ बिषयक अन्तर्क्रियामा बोल्दै महासचिव पोखरेलले छिमेकीसँगको मित्रवत् सम्बन्ध नेपाल र नेपालीको प्राथमिकताको विषय भएको वताउनुभयो ।


महासचिव पोखरेलले दुई देशबीचको सम्बन्धलाई सम्मानित र घनिष्ट बनाउन स्वाभिमानी नेपालीसँगको व्यवहार समान हुनुपर्ने धारणा राख्नुभयो ।
महासचि पोखरेलले दुई देशबीचको खुला सिमानालाई नियमन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल–भारतबीच खुला सिमाना भनिए पनि नेपालीका लागि खुला नभई नियन्त्रित रहेको कुरा सबै नेपालीले बुझ्नुपर्ने उहाँको भनाइ छ ।
महासचिव पोखरेलले नेपाली बस्तु तथा कृषि उत्पादन भारत निकासीका लागि शर्त रहेको हुँदा सीमा नियन्त्रित छ भन्ने कुरालाई बुझाउँछ भन्नुभयो । उहाँले भन्नुभयो– यहाँसम्मकी हाम्रो कृषि उत्पादनमा समेत शर्त रहेको छ । चिया, अलैची, अदुवा के चिज खुला र सहजै जान्छ भारतीय बजारमा ? सबैमा नियन्त्रण छ । अदुवा लगायत कृषि उत्पादनमा शर्त छ ।
महासचिव पोखरेलले सन् १९५० को असमान सन्धिका कारण यस्तो भएको वताउँदै भारतीय शासकको दबाबमा नेपालका राणा प्रधानमन्त्रीले सत्ता जोगाउन उक्त सन्धिमा हस्ताक्षर गरेको वताउनुभयो ।
भारत आफ्नो सामथ्र्यका कारण के चिज देशमा भित्रन दिने र के नदिने भन्ने निर्णय गर्न सक्ने तर नेपालले कमजोर सामथ्र्यका कारण त्यसो गर्न नसक्ने उहाँको भनाइ छ ।
महासचिव पोखरेलले भन्नुभयो– नेपाली उत्पादन भारत निकासीका लागि शर्त राखिएका छन्, त्यस अर्थमा सीमा नियन्त्रित छ । जति हामी सजिलै खुला छ भनिरहेका छौं, खुला छैन, नेपालीका लागि नियन्त्रित छ । यो सत्यलाई हामीले बुझ्नुपर्छ ।
भारतीय नागरिकका हकमा भने धेरै हदसम्म सीमा खुला रहेको वताउँदै महासचिव पोखरेलले खुला सीमाको समान लाभ प्राप्त गरिरहेका छौं भन्ने कुरा तथ्यले मान्दैन भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *