एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्नु हुँदै

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ। एमाले मुख्यालय च्यासलमा दिनको १:०० बजे उहाँले पत्रकार सम्मेलन गर्ने उहाँको सचिवालयले जनाएको छ।

सुनकाण्डमा सरकारको तर्फबाट उच्चस्तरीय छानबिन समिति बनाउन भैरहेको आलटाल,संसद अवरोध र समसामयिक बिषयहरुमा अध्यक्ष ओलीले जनतासामु आफ्ना धारणाहरु राख्नुहुने जनाइएको छ। एमालेले सुन तस्करी कण्डमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने भन्दै केही दिनबाट सदनमा आवाज उठाइरहेको छ तर सरकारले सरकारी निकायबाट छानबिन चलिरहेकोले उच्चस्तरीय छानबिन समिति आवस्यक नरहेको भनि प्रमुख प्रतिपक्षीसँग सदनमा दोहोरी खेलिरहेको छ। यसैको कारणबाट अवरुद्ध संसद खुलाउन सत्तापक्ष गम्भीर नभएपछि एमाले अध्यक्ष ओलीले जनतासामु सत्यतथ्य बताउनु लाग्नुभएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *