सुनकाण्डमा गृहमन्त्रीको जवाफ चित्तबुझ्दो आएन : सरकारको बचाउमात्र गरेको एमालेको आरोप

काठमाडौं ! नेकपा (एमाले) ले उठाएको माग बमोजिम गृहमन्त्री नारायणकाजी श्रेष्ठले चित्त बुझ्दो जवाफ नदिएपछि आजको प्रतिनिधि सभाको बैठक मुख्य कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ। प्रतिनिधि सभाको अर्को बैठक २०८० साउन २४ गते बुधबार दिनको १ः०० बजे बस्नेछ।

सुनकाण्डमा सरकारको नियतबारे प्रश्न उठाउँदै एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आग्रह गर्दै आएको छ तर त्यसको बेवास्ता गर्दै सरकारले आफ्नै निकायबाट छानबिन गर्ने भन्दै आलटाल गरिरहेको छ । यसै बिषयलाई लिएर लगातार सदन अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेको पहलमा शीर्ष नेताहरुको बैठकपनि बसेको थियो। उक्त शीर्ष नेताहरुको बैठकमा एमालेले गृहमन्त्रीको जवाफ सुन्ने र चित्त नबुझे आफ्नो मागलाई निरंतरता दिने बताएको थियो।

सदनमा गृहमन्त्री श्रेष्ठले आज जवाफ दिएपछि एमाले झन असन्तुष्ट बनेको छ। गृहमन्त्रीको सम्बोधन पछि सरकारबाट उच्चस्तरीय छानबिन समिति बनाउने आशा व्यक्त गरेको एमालेले सो बारे उनले केही नबोलेको र उल्टै सरकारको बचाउ गर्दै सदनमा प्रस्तुत भएकोले एमाले झन आक्रामक बनेको थियो। सोही कारण आफुलाई गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको र सदनमा अन्य कारबाही अगाडि बढ्न नसक्ने एमालेले अडान राखेपछि सभामुख घिमिरेले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *