संसदमा योगेश भट्टराईको आक्रोश : सुनकाण्डमा सरकारमाथि नै गम्भीर शंका छ,उच्चस्तरीय छानबिन समिति बनाइयोस

काठमाडौं ! नेकपा एमालेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेता मुछिँदा समेत अनुसन्धान किन नभएको भन्दै सरकारलाई प्रश्न गरेको छ।

मंगलबार एमालेका सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेता मुछिँदा उनीमाथि किन अनुसन्धान नगरेको भन्दै प्रश्न गरेका हुन्।

तीन महिनाअघि भेपमा नौ किलो सुन तस्करीमा सत्तापक्षको नेता संलग्न रहेको अभियोग गृहमन्त्रीको टेबलमा हुँदा समेत छानबिन अगाडि नबढाएको उनको भनाइ छ।

एक क्वीन्टल बढी सुन तस्करी भएको २२ दिन भइसकेको बताउँदै त्यसमा गृहमन्त्रीकै संलग्नताको शंका गरेका छन्।
उनले भने–‘गृहमन्त्रीजी तपाई राजनीतिक कमिसार, तपाईँको फिल्ड कमिसार को छ? तपाईँको आदेश फिल्ड कमिसारले मानेको छैन कि? कि फिल्ड कमिसारको सूचना तपाईँले भेरीफाई गर्नुभएको छैन? हामीलाई गम्भीर शंका छ। त्यसकारण गृहमन्त्रीसँग बयान कसले लिन्छ? के सीआईबीले लिन्छ ? के राजस्व अनुसन्धानले लिन्छ?’

अर्थमन्त्रीमाथि पनि शंका रहेको उनले बताए। उनले प्रतिपक्षी बेन्चको एकमत धारणा अनुसार उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्ने रहेको उल्लेख गर्दै छानबिन समितिको पक्ष र विपक्षमा सभामुखलाई भोटिङ गराउन समेत आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *