सुनकाण्डबारे एमालेले सदनमा गृहमन्त्रीको जवाफ सुन्नेर थप कदम चाल्ने

काठमाडौं ! लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको नेकपा एमालेले मंगलवार प्रतिनिधि सभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सम्बोधन गर्न दिने भएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बसेको शीर्ष नेताको बैठकमा एमाले संसदमा गृहमन्त्रीलाई बोल्न दिन तयार भएको हो ।

विमानस्थल भन्सार कार्यालयबाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गर्नुपर्ने माग कायमै रहेको सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘गृहमन्त्रीलाई सम्बोधन गर्न दिन्छौं, हाम्रा माग पूरा भए सदन चल्छ, नभए उठेर विरोध गर्छौं,’ बर्तौलाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *