पर्सामा गाउँपालिका अध्यक्ष सहित ५ हजार जना भन्दा बढि एमालेमा प्रवेश : अध्यक्ष ओलीले गर्नुभयो स्वागत (फोटोसहित)

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले आज पर्साको जगरनाथपुरमा आयोजित विशाल जनसभामा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँको नेतृत्व पार्टी प्रवेश गर्नुहुने हजारौँ नेता–कार्यकर्तालाई स्वागत गर्नुभएको छ ।
उक्त विशाल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका नेपालीहरुको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा स्थापित नेकपा (एमाले) ले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने विश्वास दिलाउँदै त्यसका लागि देशभर यस्ता पार्टी प्रवेश कार्यक्रमहरु भइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटी सदस्यद्वय निर्मला देवकोटा र राजकुमार गुप्ता, प्रदेश कमिटी सदस्य जयप्रकाश थारु, जालिम मियाँलगायतले बोल्नुभएको थियो ।
पर्सा जिल्ला इन्चार्ज तथा अध्यक्ष प्रभु हजाराको अध्यक्षता र सचिव मनोज गुप्ताको सञ्चालनमा आयोजित कार्यक्रममा पार्टी सचिव तथा प्रदेश नम्बर दुईका इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहलगायतका पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको सहभागिता थियो ।                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *