एमाले संसदीय दल : गृहमन्त्रीले राजिनामा नदिएसम्म संसद चल्न नदिने

काठमाडौँ ! नेकपा (एमाले)ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने भएको छ ।

बुधबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो।

संसदीय दलको निर्णय सुनाउँदै प्रमुख सचेतक पदम गिरीले भन्नभयो, ‘गृहमन्त्री संलग्नताबिना त्यत्रो तस्करी हुन सम्भव छैन। यसमा छानबिन हुनुपर्छ। गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। त्यो नहुँदासम्म संसद सुचारू हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *