सुन प्रकरणलाई लिएर एमालेले संसद्मा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने

काठमाडौँ । नेकपा एमालेले सुन प्रकरणलाई लिएर संसद्मा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने भएको छ ।

एमालेले सुन प्रकरणलाई लिएर आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदमराज गिरिले अवैध सुन प्रकरणमा गृह र अर्थमन्त्रीको संलग्नता रहेको भन्दै सो कुरा संसद्मा राख्ने बताउनुभयो । त्रिभुवन विमानस्थलबाट करिब एक सय किलो सुन भित्रिएपछि त्यसमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको एमालेले बताउँदै आएको छ ।

प्रमुख सचेतक गिरिले भन्नुभयो,  ‘अवैध सुन तस्करीको गृह र अर्थमन्त्रीले जिम्मा लिनुपर्छ । उहाँहरूको संलग्नतामा कर्मचारीको सेटिङ भएपछि सुन तस्कर भएको हो । यसको जिम्मेवारीबाट दुई मन्त्री भाग्न पाइँदैन, पच्छिन पाइँदैन । उहाँहरूले जिम्मेवारी लिनुपर्छ । यी विषय सदनमा हामी राख्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *