एमालेले तय गर्‍यो प्रदेश अधिवेशनहरुको मिति

काठमाडौँ ! नेकपा एमालेले प्रदेश अधिवेशनहरुको मिति तय गरेको छ।

असोजसम्म प्रदेश अधिवेशन गर्न स्थायी कमिटिले दिएको निर्देशनअनुसार सम्बन्धित प्रदेशले आफ्नो अधिवेशनको मिति तय गरेको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जनाकारी दिए।

अधिकारीका अनुसार कोशी प्रदेश कमिटीको अधिवेशन असोज १२ र १३ गतेका लागि निर्धारण भएको छ। त्यस्तै मधेश प्रदेशको ५ र ६ गते, वाग्मती प्रदेशको असोज ८ र ९ गते अधिवेशन हुने भएको छ।

लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ र १७, कर्णाली प्रदेशमा भदौको २९ र ३० गते र सुदूरपश्चिमले भदौको २२ र २३ अधिवेशन गर्ने जानकारी केन्द्रलाई पठाएका छन्।

पार्टी विभाजन हुँदा नेता कार्यकर्तालाई व्यवस्थापन गर्न बढाइएको प्रदेश कमिटिको आकार अधिवेशनले विधानमा व्यवस्था भए बमोजिम ७५ सदस्यीयमा सीमित गर्ने भएको छ।

विधानअनुसार प्रदेश कमिटिमा सदस्य कम गर्दा नेताहरुको व्यवस्थापन गर्न मुस्किल हुने भएको छ।

संगठन विभाग प्रमुख अधिकारीका अनुसार अधिवेशनमा विधान अनुसारै ७५ सदस्यीय कमिटि बन्ने र त्यसमा पछि १० प्रतिशत मनोनित हुनेछन्।

विधानले अरु पार्टीबाट आएका लाई व्यवस्थापन गर्न अर्को १० प्रतिशत मनोनित गर्ने व्यवस्थाले संख्या व्यवस्थापन गर्ने उनले जानकारी दिए।
प्रदेश कमिटीको संख्या भारी मात्रामा घट्ने भएकाले चुनावी प्रतिस्पर्धाबाटै कमिटि चयन हुने अवस्था बन्दै गएको एमाले नेताहरुको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *