एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री सेनबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच शनिबार  कम्बोडियाको राजधानी नोम्पेनमा भेटवार्ता भएको छ ।


अध्यक्ष ओलीका साथै निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया आउनुभएका विभिन्न मुलुकका २२ जना वरिष्ठ राजनीतिज्ञसँग प्रधानमन्त्री सेनले भेट गर्नुभएको हो ।
यस्तै, अध्यक्ष ओलीले कम्बोडियामा पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *