एमाले लुम्बिनी प्रदेश अधिवेशन भदौ १६ र १७ गते हुने

काठमाडौं ! नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन आउँदो भदौ तेस्रो हप्ता बुटवलमा हुने भएको छ ।

एमाले प्रदेश कमिटीको शनिवार बुटवलमा सम्पन्न सचिवालय बैठकले भदौ १६ र १७ गते बुटवलमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनका लागि सदस्यता नवीकरण कार्य साउन १२ गतेसम्म सक्ने र त्यसको प्रमाणित प्रतिलिपि केन्द्रमा पठाउने, प्रदेशमा रहेका सबै जनप्रतिनिधिलाई राखेर साउन १३ र १४ गते नेपालगञ्जमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *