नेकपा एमालेको लोगो परिवर्तन गर्ने प्रस्ताव, पार्टीका कार्यक्रमहरुमा राष्ट्रिय गान अनिवार्य

काठमाडौ ! सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले अहिलेको लोगोलाई परिवर्तन गर्ने गरी विधान संशोधन प्रस्ताव तयार गरेको हो।

एमालेको अहिलेको लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौंडा र अंग्रेजीमा ‘सीपीएन यूएमएल’ उल्लेख छ। सूर्य चिह्नभित्र हँसिया हथौंडा राखेर समयक्रमसँगै लोगोलाई आकर्षित र कलात्मक बनाउनका लागि परिमार्जन गर्ने प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए।

त्यस्तै, एमालेले आफ्ना कार्यक्रममा राष्ट्रिय गान र राष्ट्रिय झण्डा अनिवार्य राख्ने गरी विधान संशोधनका लागि प्रस्ताव गरेको छ।

गणतन्त्र स्थापनापछि एमालेका कार्यक्रममा राष्ट्रिय गान बजाउने र झण्डा राख्ने अभ्यास गरिँदै आएको भए पनि विधानमा व्यवस्था थिएन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *