एमालेको कार्यवाहक अध्यक्षमा पोखरेल र दलको नेतामा नेम्वाङ

काठमाडौं ! नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिनु भएको छ।

पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएर उहाँ कम्बोडिया प्रस्थान गर्नु भएको छ । त्यस्तै उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी दिनु भएको हो।

कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि अध्यक्ष ओली गएराति त्यसतर्फ प्रस्थान गर्नु भएको हो। उहाँ साउन ८ गते स्वदेश फर्किनु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *