जहाँ एमालेले पाइला टेक्यो, त्यहीँबाट विकास सुरु हुन्छ : अध्यक्ष ओली

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग देश बनाउने नीति रहेको र अरुसँग नरहेको बताउनु भएको छ। हिजो कपिलवस्तुमा आयोजित सभामा सम्बोधन गर्दै उहाँले ‘एमालेले जहाँ टेक्यो, त्यहीँबाट विकास सुरु हुने’ जिकिर गर्नुभयो।

‘जहाँ एमालेले पाइला टेक्यो, त्यहाँबाट विकास सुरु हुन्छ। जहाँ एमाले पछाडि पर्‍यो, त्यहाँ विकास हुँदैन,’ उहाँले भन्नुभयो, ‘त्यसकारण म आग्रह गर्न चाहन्छु, तपाईंहरु एमाले प्रवेश गर्नुभएको छ। यसले पार्टीलाई मद्दत पुर्‍याउँछ।’

उहाँले पार्टी बलियो नभइ विकास गर्न नसकिने बताउनु भयो। ‘विकास आफूले गरेर हुँदैन। सरकारले एउटा एकीकृत योजना ल्याउनुपर्छ। एकीकृत योजना ल्याएर त्यसमार्फत् विकास हुनसक्छ। त्यसका लागि सरकार हुनुपर्‍यो। त्यो सरकारसँग विकासको नीति हुनुपर्छ,’ उहाँले भन्नुभयो।

हिजो आयोजित त्यस समारोहमा जसपाका केन्द्रिय सदस्य लगायत करिब ६ हजार नेता कार्यकर्ताहरुलाई उहाँले एमालेमा भित्र्याउनु भएको थियो।

उनले सरकार भनेको जनताको समस्या हेर्ने, जनतालाई शान्ति र सुव्यवस्था दिने, जनतालाई समस्या परेका बखत समाधान गर्ने, अप्ठ्याराहरुमा सजिलो बनाइदिने काम गर्ने भएको बताए। ‘सरकार भनेको नाक कानमा लगाउने गहना होइन,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *