एमालेले डाक्यो सचिवालय बैठक : यस्ता छन् बैठकका संभावित एजेन्डाहरु

काठमाडौं ! नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ ।

बुधबारमात्र पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरुसँग सामुहिक छलफल गर्नु भएको थियो। सो छलफल पनि आगामी बैठकका एजेन्डाहरु तय गर्नलाई रहेको बुझिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *