प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा एमाले कायमै छ : प्रमुख सचेतक गिरी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत रहेको प्रष्टयाउनु भएको हो ।

आइतबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री दाहालले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य हुने पटकपटक दोहोर्‍याउनुभयो ।

प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले आफूले दिएको अभिव्यक्तिप्रति संसदमा उभिएर माफी मागे संसद सुचारु गराउन भने सकिने धारणा राख्नुभयो । नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुँरिने गरी गम्भिर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उहाँको भनाई थियो ।

प्रमुख सचेतक गिरीले विकसित देशहरुमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षणनै राजीनामा दिई सकेको हुने जिकीर समेत गर्नुभयो ।

प्रमुख सचेतक गिरीले सरकारले मिटरब्याँज पीडितहरुको समस्या सम्बोधन गराउनका लागि संसदमा मिटरब्याज सम्बन्धि विधेयक संसदमा नल्याएको दाबी समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *