मदन जयन्ती : एमाले पार्टी कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न (फोटोफिचर)

काठमाडौँ । नेपाल भूतपूर्व सैनिक-प्रहरी सङ्गठनले नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय परिसर र मनोहरा नदी किनारमा आज बिहीवार वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा एमाले अध्यक्ष केपी शर्मा ओली रहनु भएको थियो। अध्यक्ष ओलीले उक्त अवसरमा पार्टी कार्यालय परिसरमा वरको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम उद्घाटन गर्नु भएको थियो।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मदनले अगाडि सारेको मार्गमा एमाले अगाडि बढिरहेको बताउनु भयो । जलवायु परिवर्तनका कारण विश्वमा वातावरणमाथि सङ्कट देखिएको अवस्थामा वृक्षारोपण जस्तो महत्त्वपूर्ण कार्य गरेर त्यसका लागि सबैलाई उत्प्रेरित गरेकोमा अध्यक्ष ओलीले सैनिक-प्रहरी सङ्गठनलाई धन्यवाद दिनुभयो।                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *