एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक वर्तमान सरकारले अरु कुनै काम गरेको छैन : महासचिव पोखरेल

काठमाडौं ! नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काम गर्न नसकेको बताउनु भयो। घोराहीमा आयोजित प्रेस चौतारी नेपाल दाङको ९ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

पोखरेलले सरकारको स्पष्ट दृष्टिकोण नहुँदा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अलपत्र परेको बताउनु भयो। एमसीसीबारे सरकारले आफ्नो दृष्टिकोण नबनाइ प्रतिपक्षको आश गरेर आफ्नो लाचारिपन देखाएको आरोप लगाउनु भयो।

उद्घाटन समारोहमा महासचिव पोखरेलले भन्नुभयो, ‘सरकारको स्पष्ट दृष्टिकोण नहुँदा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अलपत्र परेको छ। कम्युनिष्टको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने काम प्रचण्ड र माधव नेपालले गरे’,तर सरकारको उपलब्धि शून्य रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *