कंचनपुरमा एमालेले यसरी स्वागत गर्‍यो नयाँ इन्चार्ज रानालाई

काठमाडौं ! नेकपा एमाले कञ्चनपुरका नयाँ जिल्ला इन्चार्ज पोलिटब्युरो सदस्य नारदमुनि रानालाई पार्टी कार्यालयमा स्वागत गरिएको छ । उनलाई हिजो आइतवार जिल्ला पदाधिकारी बैठकमा निवर्तमान जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य निरुदेवी पाल, जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट लगायतले स्वागत गरेका छन् ।

पदाधिकारी बैठकले असार ९ गते जिल्ला कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले पार्टीको नयाँ अभियानका सन्दर्भमा कार्ययोजना र कार्यविभाजन गर्ने जिल्ला सचिव पल्लबराज भट्टले जानकारी दिए ।

नेकपा एमालेले चालू वर्ष २०८० सालमा सदस्यता विस्तार, नवीकरण, जनसंगठन परिचालन, पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा अधिवेशनलाई योजनाबद्ध र व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । कञ्चनपुरमा जिल्ला कमिटी बैठकसँग नयाँ अभियान सुरू हुनेछ ।

बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य नरबहादुर धामी र कृपाराम राना लागयतका सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *