नेकपा (एमाले) को नेतृत्वमा मात्र देशको विकास सम्भव छ : महासचिव पोखरेल

काठमाडौं ! नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेको नेतृत्वमा मात्र देश विकास सम्भव भएको बताउनु भएको छ । दाङको तुलसीपुरमा श्रीमणी आचार्यको १४औं स्मृति दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले एमालेको नेतृत्व विना देशको विकास पनि सम्भव नभएको दाबी गर्नुभयो ।

आफ्नो पार्टीको सरकार भएकाबेला भएका विकास निर्माणको बारेमा चर्चा गर्दै उहाँले देश विकास भएको देख्न चाहने आम सज्जन नागरिकहरु एमाले आवद्ध हुनु पर्ने धारणा राख्नुभयो । ‘यदि यो देशलाई बलियो बनाउने हो भने, स्वाधिन बनाउने हो भने, यो देशका नागरिकको स्वाभिमानलाई उचो बनाउने हो भने सबै एमाले बन्नुहोस,’ पोखरेलले भन्नुभयो, ‘जसले गर्दा यो देशलाई थिचोमिचो पारिरहेको समयमा एमालेले अडान लिन सकोस् ।’

उहाँले सत्तामा पुगेर पनि अन्य पार्टीले विकास निर्माण गर्न नसकेको भन्दै अब सबैले सरकारमा एमालेलाई पु¥याउनका लागि अन्य पार्टीका कार्यक्रता पनि एमालेमा आवद्ध हुनु पर्ने धारणा राख्नुभयो । ‘यो देशलाई समानताको बाटोमा, लोकतन्त्रको बाटोमा अगाडी बनाउन चाहनुहुन्छ भने त्यो काम गर्ने पार्टी एमाले हो,’ उहाँले भन्नुभयो, ‘अन्य पार्टीको देख्नुभएकै छ अहिले सरकार परिवर्तन गरेर के हालत भएको छ । संघ, प्रदेश जताततै किचलो मात्रै छ ।’

अहिले केहि विकास भएको र जति विकास भएको छ त्यो पर्याप्त नरहेको पनि पोखरेलको भनाई छ । अब चाहेको विकास गर्न एमालेले नै देशको नेतृत्व गर्न आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो ।

त्यस्तै पोखरेलले प्रचण्ड र माधवले नेकपाको दुईतिहाईको सरकारलाई ध्वस्त बनाएर जनमतलाई शेरबहादुरको पाउमा चढाउने काम गरेको पनि आरोप लगाउनुभयो । केहीले अहिले केपी ओलीमाथिको प्रहार संविधान बनाउन नचाहनेहरुले गरिरहेको पनि बताउनुभयो ।

‘जब देशमा नाकाबन्दी थियो केपी ओलीको अडान थियो । भारतले नाकाबन्दी गरेको भनेर ओलीले नै भन्नुभयो, तर काँग्रेले भन्यो ? भनेन,’ पोखरेलले भन्नुभयो, ‘नाकाबन्दीका विषयमा विश्व गुहार्ने भनेर केपी ओलीले भनेपछि भारत झुक्न बाध्यभयो । त्यस्तो अडान लिने ओलीमाथि प्रहार भइरहेको छ । त्यो संविधान बनाउन नचाहनेहरु हुन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *