बारामा ६७७ जना एमालेमा प्रवेश : नेता महेश बस्नेतले गर्नुभयो स्वागत

काठमाडौं ! नेकपा (एमाले) को देशव्यापी लोकपि्रयता बढेको छ। देशका विभिन्न ठाउँहरुमा पार्टी प्रवेशको काम तीब्र रुपले चलिरहेको छ।यसैबीच आज नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवं पुर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा विभिन्न पार्टिहरु परित्याग गरि ६७७ जना एमालेमा प्रवेश गर्नु भएको छ।

नेकपा (एमाले) विश्रामपुर गाउँपालिका(बारा) को प्रथम अधिवेशन समारोहमा माओवादी,काङ्ग्रेस र मधेशवादी दलहरु परित्याग गरि उहाँहरु एमालेमा प्रवेश गर्नु भएको हो।उहाँहरुलाई नेता महेश बस्नेतले पार्टिमा स्वागत गर्नु भएको थियो ।                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *