कैलालीको गेटामा विश्वविद्यालयको माग गर्दै माइतीघरमा एमालेको विशाल प्रदर्शन (फोटो फिचर)

काठमाडौं ! कैलालीको गेटामा विश्वविद्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण एवं दबाब स्वरुप एमालेका सुदूरपश्चिम प्रदेशका काठमाडौंमा उपलब्ध नेता कार्यकर्ताहरुले आज विरोध एवं धर्ना कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रमको आयोजना माइतिघर मण्डलामा भएको छ।

उक्त कार्यक्रमा एमाले सचिव एवं कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्ट, अर्का सचिव एवं सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्मा,पोलिटब्यूरो सदस्य एवं कंचनपुर इन्चार्ज नारदमुनी राना,पोलिटब्यूरो सदस्य एवं कैलाली इन्चार्ज गणेश सिंह ठगुन्ना, केन्द्रीय सदस्यहरु झपट रावल र तारा लामा तामाङ,अनेरास्ववियुका उपाध्यक्ष गोविन्द गिरी,गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट लगायतका उल्लेख्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

एमालले गेटामा सहिद शदरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको छ। गेटामा विश्वविद्यालय सञ्चालन गर्न सरकारलाई दबाब दिन बजेट आए लगत्तै आन्दोलन भइरहेको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीमा चरणबद्ध आन्दोलन गरिरहेको छ। मन्त्रीपरिषदले विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा प्रतिष्ठान बनाउने भनेर आएपछि आन्दोलन सुरु भएको हो। यो निर्णयले सरकारको सर्वत्र आलोचना भएको छ।

उक्त विरोध कार्यक्रम एमाले सुदूरपश्चिम-काठमाण्डौँ सम्पर्क कमिटिको संयोजनमा आयोजना भएको हो।                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *