संसदमा जंगिदै योगेश भट्टराईले भने कोशी प्रदेशमा आफ्ना नेताहरु माथिको आक्रमण सह्या छैन

काठमाडौं ! नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कोशी प्रदेशमा आफ्ना नेताहरु माथिको आक्रमण निन्दनीय भएको उल्लेख गरेका छन् । उनलेे अराजकता निम्त्याउनु भन्दा संबंधितले प्रदेश सभाको दुई तिहाइ सदस्यबाट कोशीको नाम फेर्न चुनौती दिएका छन्।

शुक्रबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले प्रदेश सभाले नाम तय गर्ने तर निशानामा एमाले भएको बताएका हुन्।

‘प्रदेशको अस्थायी राजधानी केन्द्रले तोकेको हो। नाम र स्थायी राजधानीका सन्दर्भमा के गर्ने त्यो सम्बन्धित कुरा हो। गत फागुन १७ गते कोशी प्रदेशको नाम दुई तिहाइभन्दा बढी प्रदेश सभाका सदस्यहरूले तय गरेका हुन्। तर, त्यसैलाई लिएर एमालेलाई निशानामा पारिएको छ। एमालेका अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङलाई एम्बुस थापेर मार्ने काम भयो,’ उनले भने, ‘तर, सरकार रमिता हेरिरहेको छ। केही गर्दैन।’

उनले प्रदेश सभा सदस्य राम रानामाथि इलामको सोम्याक भञ्ज्याङ र उपसभामुख सिर्जना दनुवारमाथि उदयपुरमा आक्रमण प्रयास हुँदा पनि सरकारले सुरक्षा नदिएको बताए।

उनले सत्तापक्षले नै अराजकता सिर्जना गरिरहेको समेत आरोप लगाए। उनले यस बिषयमा तत्काल गृहमन्त्रीको धारणा खोजेका छन् । सांसद भट्टराईले गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए एमालेका नेतालाई एमालेका कार्यकर्ताले नै सुरक्षा दिने पनि बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *