एमालेका मनोनीत १३ केन्द्रीय सदस्यहरुको शपथ सम्पन्न : पार्टीलाई अझ बलियो बनाउने उद्घोष

काठमाडौँः  नेकपा एमालेका १३ जना मनोनीत केन्द्रीय सदस्यहरुले आज पद तथा गोपनियताको शपथ लिनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई पद तथा गोपनियताको शपथ खुवाउनु भएको हो।

आज शपथ लिनेहरुमा नेता मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरिया रहनु भएको छ।

उहाँहरुको शपथका लागि पार्टी कार्यालय च्यासलमा एक कार्यक्रम आयोजना गरिएको थियो। शपथ लिएसँगै उहाँहरुले नेकपा एमाले लाई जनतामाझ अझ स्थापित पार्न डटेर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त शपथ कार्यक्रममा एमाले अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल लगायतका नेताहरुको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *